महावीर पुन पीपीई बनाउने तयारीमा

चैत्र ११, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि यसलाई कसरी सामना गर्ने भन्नेमा सरकार र नागरिक तहबाट विभिन्न पहलहरु भइरहेका छन् । तर, कोरोनाको परीक्षणदेखि उपचारसम्मका प्रक्रियामा आवश्यक विभिन्न सामग्रीहरुको अभाव रहेको कुरा सञ्चारमाध्यममा आएका छन् । 
खासगरी कोरोनाको बिरामी जाँच गर्दा चिकित्सकले लगाउनुपर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) ड्रेसको अभाव देखिएको छ । यसका लागि नेपालले छिमेकी देशहरु गुहारीरहँदा देशभित्रै यसको उत्पादन गर्न अन्वेषक महावीर पुन अघि सरेका छन् । उनले आफैं स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत पीपीई उत्पादन गर्ने प्रक्रिया थालेका हुन् । पुनका अनुसार त्रिवि शिक्षण अस्पताल काठमाडौं र वीपी अस्प्ताल धरानबाट त्यस्तो ड्रेस बनाउनका लागि आविष्कार केन्द्रमा अनुरोध आएको थियो । त्यस बमोजिम आविष्कार केन्द्रले ड्रेसको डिजाइन तयार गरिरहेको छ । साथै, ४०० वटा जति ड्रेस बनाउन चाहिने सामग्री पनि उपलब्ध भएको पुनले जानकारी गराएका छन् । फेसबुकमा एक स्टाटस लेख्दै पुनले यी ड्रेसहरु सिलाउनका लागि टेलर आवश्यक परेको बताएका छन् 

सम्बन्धित खबर

Leave a Comment