के जि यफ २ को डिजिटल राइट ३ गुणा बेसिमा बिक्री

साउथ स्टार यश अभिनित के जि यफ १ को सफलता पछि उनि के जि यफ २ लिएर आउदै छन्। २०१८ मा रिलिज भएको कन्नाड चलचित्र के जि एफ १ को दोस्रो भागले आफ्नो डिजिटल राइट बिक्री गरेको खबर आएको छ। खबर अनुसार अमेजन प्राइमले ५५ करोडमा डिजिटल राइट खरिद गरेको छ जुन पहिलो भागको १८ करोड भन्दा ३ गुणा बेसि हो।

पोस्टर रिलिज मार्फत २० अक्टोवर २०२० मा चलचित्र रिलिज हुने बताए नि कोरोनाको महामारीका कारण प्रदर्सन मिति केहि पछाडि धकेलिने संभावना रहेको छ। प्रसान्त निल द्वारा निर्देशित यस चलचित्र हिन्दी, मल्यालम, तामिल तथा तेलगु भाषामा निर्माण हुनेछ। यशका साथै बलिउड स्टार संजय दत्तको मुख्य भुमिका रहेको छ।

सम्बन्धित खबर

Leave a Comment