चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे अनुसन्धान हुनुपर्छ : गगन थापा

24 March, 2026 201 Views
चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे अनुसन्धान हुनुपर्छ : गगन थापा
201

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे अनुसन्धान हुनुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै काण्डहरूलाई आरोप प्रत्यारोपको विषय नबनाई छानबिन गर्नुपर्ने बताएका हुन्।

‘यसको भारी पार्टीले बोल्न सक्दैन। जसले गरेको छ उसले त्यसको भारी बोल्नुपर्छ। गिरीबन्धु, वाइडबडी, ललिता निवासको पनि छानबिन गर्नुपर्छ। उनले पार्टीका पूर्व सभापति शेरबहादुर देउवा निवासलाई संकेत गर्दै भने, ‘यीबाहेक भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ।’

कानुन संम्वत ढङ्गले अनुसन्धान गरेर गलत काम गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताए। उनले कुनै पूर्वाग्रह नराखी यस्ता काण्डहरूको छानबिन गर्नको लागि कांग्रेसको साथ रहने बताए।

Related Post