चर्चित ‘नेपाली ब्रो’ आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ

06 June, 2026 183 Views
चर्चित ‘नेपाली ब्रो’ आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ
183

चर्चित ‘नेपाली ब्रो’ आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउकाठमाडौँ
सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ नामबाट परिचित ४२ वर्षीय कुमार थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन्।

तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा बस्दै आएका थापाले घरायसी विवादका क्रममा ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। रड प्रहारबाट गम्भीर घाइते भएकी ईश्वरीको त्रिवि शिक्षण अस्पताल (टिचिङ)महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार शुक्रबार राति श्रीमान्–श्रीमतीबीच घरायसी विषयलाई लिएर भनाभन भएको थियो। विवाद बढ्दै गएपछि आक्रोशित बनेका कुमारले कोठामा रहेको फलामको रडले श्रीमतीको टाउको र शरीरका विभिन्न भागमा प्रहार गरेका थिए। छिमेकी र आफन्तले घाइते ईश्वरीलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याएका थिएतर चिकित्सकहरूले उनलाई बचाउन सकेनन्।

घटना लगतै सक्रिय भएको प्रहरी वृत्त बालाजुको टोलीले आरोपी कुमार थापालाई नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जाल टिकटकमा आफ्ना प्रस्तुति र बोलीका कारण 'नेपाली ब्रोका रूपमा उनले राम्रो भ्युज र फलोअर्स कमाएका थिए।

प्रहरीले घटनामा प्रयोग भएको फलामको रड बरामद गरिसकेको छ। आरोपी थापालाई हिरासतमा राखी कर्तव्य ज्यान मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

Related Post