हमासले छाड्न लागेका २० जनाको सूचीमा छैन विपिन जोशीको नाम

10 October, 2025 186 Views
हमासले छाड्न लागेका २० जनाको सूचीमा छैन विपिन जोशीको नाम
186

असोज,काठमाडौं । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए। उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिकहरू छन्।

Related Post