केपी शर्मा ओलीलाई अझै डोज पुगेनछः सिपी मैनाली

15 October, 2025 270 Views
केपी शर्मा ओलीलाई अझै डोज पुगेनछः सिपी मैनाली
270

असोज,काठमाडौं । नेकपा मालेका महासचिव एवं पूर्वसहकर्मी सिपी मैनालीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अझै डोज नपुगेको बताएका छन् । जेनजी आन्दोलनपछि पनि ओलीको अंहकार र घमण्ड उस्तै भएकाले गर्दा ओलीलाई जनताको डोज नपुगेको टिप्पणी गरेका छन् । बिरामीलाई औषधी दिएपनि त्यसको मात्र अर्थात डोज नपुग्दा काम नगरे जस्तै अ‍ोलीलाई पनि जेनजी आन्दोलनले अझै डोज नपुगेको हो कि भन्ने लागेको एक अन्तर्वार्तामा सिपीले बताएका छन् । जेनजी आन्दोलनबाट पनि ओलीले कुनै पाठ नसिकेको र एउटा रौ जतिको पनि पुनःविचार गर्नुपर्ने नसोचेको बताएका छन् । 
सिपी मैनालीले भनेका छन् : 
के लाग्छ भने, त्यो भन्न नहुने हो होला मैले पनि, उनलाई डोज पुगेन कि, हुन्छ नि औषधी, बिरामीलाई औषधी दिँदा, औषधी त दिएपनि त्यसको पूरा मात्रमा डोज पुगेन भने त्यो औषधीले काम गर्दैन, त्यस्तै भए जस्तो लाग्छ के , त्यसो भने मैले फेरि त्यस्तै आओस् भनेको चाही होइन, तर के भने यो जनताले चाही उनलाई पाठ सिकाएनी जुन लेसन दिए, त्यो लेसनको डोज नपुगको जस्तो छ, उनी उनी मलाई लाग्छ एउटा रौं बराबर उनमा कुनै पुनःविचारको कुरा पनि देख्दिन
 

Related Post