नवलपुरमा अचेत भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु

27 July, 2026 16 Views
नवलपुरमा अचेत भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
16

नवलपुरको गैँडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक चौरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार, पूर्व–पश्चिम राजमार्गको बायाँतर्फ अचेत अवस्थामा भेटिएका दुवै महिलालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल भेडाबारी लगिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी अनिल पण्डितले जानकारी दिए।

मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ स्थायी घर भई हाल गैँडाकोट–१२ हर्कपुरमा बस्दै आएकी ३८ वर्षीया कबिता राई र भोजपुर स्थायी घर भई हाल गैँडाकोट–१० पितौजीमा बस्दै आएकी अन्दाजी ४५ वर्षीया कान्छी राई रहेका छन्।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Related Post