ओली नेतृत्व हटे मात्रै एकताको सम्भावना : प्रचण्ड

16 October, 2025 306 Views
ओली नेतृत्व हटे मात्रै एकताको सम्भावना : प्रचण्ड
306

असोज,काठमाडौँ ।  माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्तालाई आगामी चुनावमा सक्रिय रूपमा लाग्न निर्देशन दिएका छन्। धादिङको बेनिघाट रोराङमा आयोजित कार्यक्रममा उनले सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय सबै चुनावी तयारीमा जुटिसकेको बताए।

दाहालले भने, “अबको माओवादीको मुख्य लाइन चुनाव हो।” उनले तिहारपछि समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी पनि दिए। एमालेसँग सम्भावित एकताबारे कुरा गर्दै उनले स्पष्ट पारे, “केपी ओली नेतृत्वमा रहँदा एमालेसँग एकता सम्भव छैन। तर ओली नेतृत्वबाट हटे भने एकताको ढोका खुल्न सक्छ।” कार्यक्रममा उपस्थित युवा र नेताहरूसँगको छलफलमा दाहालले हालको युवा पुस्ता, विशेष गरी जेन–जी, माओवादीको विचार र मार्गप्रति आकर्षित हुन थालेको दाबी गरे। उनले भने, “अहिले मेरो संवाद जेन–जीसँग पनि भइरहेको छ।”
 

Related Post