सुर्खेतमा धारिलो हतियार प्रहार गरेर छोराले गरे आमाको हत्या

31 October, 2025 177 Views
सुर्खेतमा धारिलो हतियार प्रहार गरेर छोराले गरे आमाको  हत्या
177

कात्तिक, सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिना टोलमा छोराले आमाको हत्या गरेका छन्। उनले धारिलो हतियार फरुवा (खाडल खन्न प्रयोग गरिने औजार) ले हानेर आमाको हत्या गरेका हुन्।

भेरीगंगाका अन्दाजी ३५ वर्षीय कविराम बस्नेतले ५० वर्षीया आमा धनीकलाको  हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढ्थापाले जानकारी दिए। उनका अनुसार कविरामले घरमा सुतिरहेकी आमालाई फरुवाले टाउकोमा प्रहार गरेका थिए। त्यसबाट गम्भीर घाइते भएकी धनीकलालाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ ल्याइएको थियो।  अस्पतालले शुक्रबार बिहान सवा आठ बजे मृत घोषणा गरेको हो।

हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। हत्या गरेर भाग्दै गरेका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएका प्रहरी टोलीले छिन्चु बजार एरियाबाट नियन्त्रणमा लिएको छ।

Related Post