संसद् विघटनविरुद्ध एमाले र काग्रेस सर्वोच्च अदालत जाने तयारी

08 October, 2025 224 Views
संसद् विघटनविरुद्ध एमाले र काग्रेस सर्वोच्च अदालत जाने तयारी
224

असोज, काठमाडौं । संसद् विघटनविरुद्ध नेपाली कांग्रेस पनि सर्वोच्च अदालत जाने तयारीमा लागेको छ। पार्टीका एक वरिष्ठ नेताका अनुसार, संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै अदालतमा मुद्दा दायर गर्ने अन्तिम तयारी भइरहेको छ।

कांग्रेसले संसद् पुनर्स्थापना गर्नुपर्ने मागसहित कानुनी लडाइँ सुरु गर्ने निर्णयमा पुगेको छ। हाल पार्टीभित्र कानुनी प्रक्रिया, वकिलको टोली र दस्तावेज तयारीबारे छलफल भइरहेको स्रोतले जनाएको छ। 

यसअघि नेकपा (एमाले) ले पनि संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरिसकेको थियो। अब कांग्रेस पनि अदालत जाने निर्णयमा पुगेपछि देशका दुई ठूला दलबीच संवैधानिक व्याख्या र राजनीतिक प्रतिवादको साझा मोर्चा बन्ने देखिएको छ।

तर, दुवै दलले कुन दिन अदालत जाने भन्ने विषयमा अझै टुंगो लगाएका छैनन्। कांग्रेस नेताहरूका अनुसार, “विधिको शासन र लोकतान्त्रिक अभ्यासको रक्षा गर्न संसद् पुनर्स्थापना आवश्यक” भएकोले अदालतको बाटो रोजिएको हो। राजनीतिक विश्लेषकहरूले कांग्रेसको यो कदमलाई संसदीय प्रणालीको अस्तित्व र सन्तुलन जोगाउने प्रयासका रूपमा व्याख्या गरेका छन्।

Related Post