तत्कालीन गृहसचिव दुवाडीलाई उपत्यका छाड्न लगाइएको बन्देज हटाइयो, विदेश भ्रमणमा लगाइएको रोक भने यथावत

17 October, 2025 376 Views
तत्कालीन गृहसचिव दुवाडीलाई उपत्यका छाड्न लगाइएको बन्देज हटाइयो, विदेश भ्रमणमा लगाइएको रोक भने यथावत
376

असोज, काठमाडौं । भदौ २३ र २४ को घटना जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि लगाइएको उपत्यका छाड्न नपाउने आदेश फुकुवा गरेको छ ।

तर, विदेश भ्रमणमा लगाइएको रोक भने यथावत राखिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । सरकारको आग्रहमा दवाडीको हकमा सो निर्णय भएको हो । उनी सार्वजनिक संरचना पुननिर्माण आयोजनाको संयोजक भएकाले सातै प्रदेशमा जानुपर्ने भएकाले सो रोक ७ दिनका लागि हटाइएको हो ।

आयोगले बोलाएको बेला बयानमा जतिबेला पनि आउनेगरी हटाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Related Post