आइफोनको नयाँ मोडल सार्वजनिक गर्न ढिलाइ हुन सक्ने

 

भोलिदेखि अगस्ट सुरु हुँदैछ र आइफोन फ्यानहरू नयाँ आइफोन श्रृंखलाको लागि पर्खिरहेका छन्। तर, यसपटक नयाँ आइफोनका लागि फ्यानको पर्खाइ अलि लामो हुन सक्छ।

एप्पलले यसअघि नै आइफोनको नयाँ मोडल सार्वजनिक गर्न ढिलाइ हुन सक्ने जानकारी दिइसकेको छ। एप्पलका सीएफओले भनेका छन्ग-त वर्ष सेप्टेम्बरको अन्तिममा आइफोनको बिक्री सुरु भएको थियो। तर, यसपटक केही हप्ता ढिलो हुनसक्छ।

‘द वाल स्ट्रीट जर्नल’ ले भर्खरको रिपोर्टमा भनेको थियो-कम्पनीले आगामी आईफोन मोडेलको उत्पादनमा एक महिनामा ढिला गर्यो। त्यसैले कम्पनीले यसपटक सेप्टेम्बरमा आइफोन लञ्च गर्न नसक्ने देखिन्छ। र, अक्टुबरको बीच तथा अन्तिमसम्ममा सार्वजनिक गर्न सक्दछ।

तर, यो पनि सम्भव छ कि कम्पनीले सेप्टेम्बरमा आइफोनको मोडल सार्वजनिक गरेर अक्टुबरबाट बिक्री सुरु गर्न सक्छ। आगामी आइफोनहरूको डिजाइन र फिचरको बारेमा इन्टरनेटमा धेरै चर्चा भए पनि अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन।

केही तस्वीर र रेन्डर लीक लामो समयदेखि सार्वजनिक भइरहेका छन्। तर, अहिलेसम्म यो आइफोन ठ्याक्कै यस्तो हुन्छ भनेर भन्न सकिने अवस्था छैन।

Facebook Comments
  • 25
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

Related Posts