आजका प्रमुख समाचारहरु

अबदेखि सार्वजनिक यातायातमा बैंकको कार्डबाट भुक्तानी गर्न सकिने भएको छ । एनएमबि बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रबद्र्घन गर्न एन–क्लाउड प्रालिसँग सम्झौता गरेको हो । सम्झौता अनुसार सम्पर्करहित कार्ड र पीओएस टर्मिनलका माध्यमबाट सार्वजनिक यातायातमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु हुनेछ ।

नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज उपत्यकामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको छ । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो ।

५ बर्ष भन्दा मुनिका बालबालिकाहरुमा अन्य उमेर समुहका मानिसहरुमा भन्दा अधिक भाइरस हुने एक अनुसन्धानले दावी गरेको छ । अन्य उमेर समुह भन्दा ५ बर्ष मुनिका बच्चाहरुको नाकमा १० देखी १०० प्रतिशत सम्म बढी भाइरस रहेको पाइएको हो । यसको अर्थ ससाना बालबालिकाहरुले समुदायमा बढी संक्रमण फैलाउन सक्छन ।

लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले यस्तै अवस्था रहे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले छलफल थालेको छ । समितिले बिहीबार परीक्षणलाई अझ बढाएर परिस्थिति मूल्यांकन गर्ने विषयमा छलफल गरेको हो ।

आजदेखि विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो ।

लकडाउन अवधिमा भाडा तिर्न नसक्नेलाई घरनिकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोनम ग्रेब्रेयाससले संसारले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्ने बताएका छन् । संगठनको दैनिक पत्रकार सम्मेलनका क्रममा गेब्रेयाससले भने, ‘हामी सबैले यो भाइरससँग बाँच्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य व्यक्तिको जीवन रक्षा गर्दै बाँच्नका लागि आवश्यक सावधानी अपनाउन आवश्यक छ ।’

कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई बिहीबार साँझ नियन्त्रणमा लिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो ।

वरिष्ठ रिपब्लिकन नेताहरूले नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव ढिला गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको सुझाव खारेज गरिदिएका छन्। सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले राष्ट्रपति ट्रम्पको सुझावलाई खारेज गरे।

Facebook Comments
  • 19
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

Related Posts