आजको विदेशी विनिमयदर

श्रावण १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ।

नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुन्छ।

सोही अनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ४५ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ०५ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

तर युरोको खरिद तथा बिक्री दर भने केही परिवर्तन भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको खरिद दर १ सय ४० रुपैयाँ ४६ पैसा तथा बिक्री १ सय ४१ रुपैयाँ १६ पैसा तोकिएको छ।

Facebook Comments
  • 10
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

Related Posts