ग्रिभ्स कटन लिमिटेडको एम्पियर इलेक्ट्रिक स्कुटर अब छिट्टै नेपालमा

भारतीय बजारमा २० प्रतिशतभन्दा बढी मार्केट सेयर रहेको ग्रिभ्स कटन लिमिटेडको इलेक्ट्रिक स्कुटर ब्रान्ड एम्पियर डीएसएम ग्लोबलले नेपाल ल्याउने भएको छ। एम्पियर इलेक्ट्रिक लकडाउन लगत्तै नेपालमा आउने भएको हो ।

‘नेपालका लागि एम्पियरको डिलर नियुक्त हुन पाउँदा हामी खुसी छौं,’ डीएसएम ग्लोबलका प्रबन्ध निर्देशक देवस्वरुप महर्जनले भने, ‘विद्युतीय सवारीसाधनमा ग्रिभ्स कटनले हासिल गरेको दक्षता र अनुभवबाट हामी वातावरणमैत्री र दीर्घकालीन परिवहनको क्षेत्रमा उल्लेखनीय योगदान पु-याउन सक्नेछौं ।’ ‘नेपाल सरकारले अहिले ‘न्यु एन्ड क्लिन इनर्जी भेहिकल’लाई प्रोत्साहन दिने नीति लिएको छ । तसर्थ ग्रिभ्स कटन र हामीबीचको साझेदारी ग्राहक र वातावरण दुवैका लागि फाइदाजनक हुनेछ,’ उनले भने । कम्पनीले अनलाइन बुकिङ लिन सुरु गरिसकेको जनाएको छ ।

कोभिडपछि छोटो यात्राका लागि इलेक्टिक स्कुटरहरुको प्रयोग बढ्ने अपेक्षा गरेको उनले बताए । यी स्कुटरमा इन्धन र मर्मत खर्च न्यून भएकाले इलेक्टिक स्कुटरको लोकप्रियता उच्च हुने कम्पनीको विश्वास छ । एम्पियर इलेक्ट्रिक भारतमा तीव्र गतिमा विस्तार भइरहेको इभी ब्रान्ड हो जसले पारम्परिक पेट्रोल स्कुटरको तुलनामा ८५ देखि ९० प्रतिशतसम्म खर्च बचाउँने कम्पनीले जनाएको छ । सन् २००८ मा पहिलो पटक भारतमा सार्वजनिक भएको एम्पियर इलेक्ट्रिकलाई गत वर्ष ग्रिभ्स कटन लिमिटेडले खरिद गरेको थियो । डीएसएम ग्लोबलले हाललाई रियो र जिल मोडेलका एम्पियर इस्कुटर नेपाल ल्याउने तयारी गरेको छ । यी दुवै लिथियम–आयन ब्याट्री–पावर्ड छन् ।

एम्पियर जिल भारतमा निकै चर्चित हाई स्पिड मोडेल हो । यसको टप स्पिड ५५ किलोमिटर प्रति घन्टा र माइलेज ७५ किलोमिटर रहेको छ । यसमा डिजिटल डिस्प्ले, पोर्टेबल ब्याट्री प्याक जस्ता फिचर छन् । यसमा ६० भोल्ट पर ३० एम्पियर आवर क्षमता भएको लिथियम आयन ब्याट्री र १२०० वाट को मोटर जडान गरिएको छ । एम्पियर रियो इन्ट्रि–लेभल स्कुटर हो जसको टप स्पिड २५ किलोमिटर प्रति घन्टा र माइलेज ५५ देखि ६५ किलोमिटर रहेको छ । ४८ भोल्ट पर २४ एम्पियर आवर क्षमता भएको लिथियम आयन ब्याट्री र २५० वाटको मोटर रहेको कम्पनीले जनाएको छ ।

Facebook Comments
  •  
  •  
  •  
  •  
  •  
  •  

Related Posts