जसले कोरोनाभाइरसको खोप बनाउन नेतृत्व गरिरहेकी छन

प्राध्यापक सेरा गिल्बर्ट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

“हामीले यो काम एकदमै तीव्र, तीव्र र तीव्र गतिमा गर्नुपर्ने छ,” प्राध्यापक सेरा गिल्बर्टले भनिन्।

अक्सफर्ड विश्वविद्यालयकी यी वैज्ञानिकलाई आफू हतारमा रहेको थाहा छ।

हालसम्म विश्वभरि एक करोड ६० लाखभन्दा बढी व्यक्तिलाई सङ्क्रमित बनाइसकेको र करिब साढे ६ लाख व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसलाई रोक्ने खोप बनाउन उनी प्रयासरत छिन्।

अक्सफर्ड विश्वविद्यालयस्थित उनको ३०० सदस्यीय सशक्त टोलीले “सामान्यतया करिब पाँच वर्षमा पूरा गर्नुपर्ने खोप विकासका विभिन्न चरण” पार गरिसकेको छ।

“र, हामीले ती कुराहरू चार महिनामा पूरा गरेका छौँ,” यी भ्याक्सिनोलोजिस्टले भनिन्।

शुरूमा नतिजा उत्साहप्रद छन्: मानवमा गरिएका परीक्षणले खोप सुरक्षित रहेको र भाइरसविरुद्ध प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याएको देखाएको छ।

यो वर्षको अन्त्यसम्ममा मानिसहरूम प्रयोगका लागि तयार हुने सुनिश्चित नभए पनि हामी खोप विकासको नजिक पुगिसकेको विश्वास छ।

बाईस वटा सम्भावित खोप क्लिनिकल ट्रायलमा रहेको र करिब १०० वटा प्रारम्भिक अनुसन्धानको चरणमा रहेका पृष्ठभूमिमा अक्सफर्ड विश्वविद्यालयको टोलीले कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।

को हुन् सेरा गिल्बर्ट?

प्राध्यापक गिल्बर्टले कोरोनाभाइरस विरुद्धको खोप बनाउने कार्यको नेतृत्व गरिरहेकी छन्।

ब्रिटिश-स्वीडीश बहुराष्ट्रिय फर्मास्युटिकल आस्ट्राजेनेकासँग मिलेर अक्सफर्ड विश्वविद्यालयको टोलीले १,०७७ जनामा खोपको परीक्षण गरिरहेको छ।

उनीहरूको पहिलो सफलताको समाचार बाहिर आएपछि प्राध्यापक गिल्बर्ट रातारात विज्ञान सेलिब्रिटी भइन्।

स्वयंसेवकहरूमा गरिएको परीक्षणले प्रतिरोधी क्षमतामा त्यसको असर देखियो। खोपले कोरोनाभाइरसलाई परास्त गर्न सक्ने एन्टिबडी तथा टी सेल बनाएको पाइयो।

हुन त कोरोनाभाइरसबाट बचाउन त्यो खोप पर्याप्त हुन्छ वा हुँदैन भन्ने कुरा अहिले भन्न सकिन्न तर नतिजा उत्साहजनक छ र ठूलो स्तरमा परीक्षण जारी छ।

प्राध्यापक गिल्बर्टको नाम सञ्चारमाध्यममा छायो र अन्तर्वार्ताका लागि उनलाई थुप्रै आग्रहरू आए।

यी वैज्ञानिकले दुई दशकभन्दा बढी समय प्रयोगशालामा, अनुसन्धनमा, खोप विकासमा र भावी कामका लागि रकम सुनिश्चित गर्नमा बिताएकी छन्।

युवा वैज्ञानिक गिल्बर्ट

प्राध्यापक गिल्बर्टका अनुसार उनले चिकित्सा अनुसन्धानमा काम गर्ने छिन् भनेर उनलाई पहिलेदेखि नै थाहा थियो।

तर १७ वर्षको छँदा उनले कहाँबाट शुरू गर्ने भन्ने कुराको भेउ पाइनन्।

पहिलो खुड्किलोको रूपमा उनले इस्ट एङ्गलिआ विश्वविद्यालयबाट बायोलोजीमा स्नातकोत्तर गरिन् र त्यसपश्चात् बायोकेमेस्ट्रीमा विद्यावारिधी गरिन्।

त्यसपछि उनले बायोटेक्नोलोजी उद्योगबारे पोस्ट-डक अनुसन्धान गरिन् जहाँ उनले औषधि उत्पादनबारे ज्ञान पाइन्।

सन् १९९४ दखि प्राध्यापक अक्सफर्ड विश्वविद्यालयमा वरिष्ठ पोस्ट-डकको पद सुनिश्चित गरेकी छन् र उनले जेनेटिक्स, होस्ट-पारासाइट तथा मलेरियाबारे काम गरेकी छन्।

अन्ततः उनको अनुसन्धानले खोप विकास गर्ने कामतर्फ डोर्‍यायो।

:बीबीसी नेपाली को सहयोगमा

Facebook Comments
  • 47
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares

Related Posts