नेपाली दूतावासले मलेसियामा गार्ड कुटिएकोबारे देखायो चासो

सामाजिक सञ्जालमा शुक्रबार मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरिएको भिडियो भाइरल भएको छ । सेक्युरिटी गार्डलाई कुटपिट गरिएकोबारे नेपाली राजदूतावास क्वालालम्पुरले सोधखोज थालेको छ ।

उनी को हुन् र किन कुटपिट गरिएको हो भन्ने खुलेको छैन । मलेसियास्थित नेपाली दूतावासले भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ,’ दूतावासले एक विज्ञप्तिमार्फत भनेको छ ।
दूतावासले सो घटनाबारे थप जानकारी भए दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको छ ।

Facebook Comments
  • 458
  •  
  •  
  •  
  •  
  •  
    458
    Shares

Related Posts