पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि

Slide adventures BUN
JUNGLE
Slide escape from the city Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

श्रावण १३, काठमाडौं । मंगलबार नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए । यस्तै भक्तपुरमा १ र ललितपुरका ४ जनामा पनि संक्रमण देखिएको बताए ।

५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यस्तै १२१ जना निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।

  • 242
  •  
  •  
  •  
  •  
  •  
    242
    Shares

Facebook Comments