पुर्व राजा ज्ञानेन्द्र कुटनीतिमा शुन्य र सच्चा देशभक्त हुनु नै ठुलो भुल 

Slide adventures BUN
JUNGLE
Slide escape from the city Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पुर्व राजा सच्चा देशभक्त र कुटनीतिमा शुन्य ज्ञान भएको कारणले नै सत्ता छोडनुपर्ने अवस्था आएको हो । उहाँमा को आफ्नो , को पराइ ? चिन्न र पहिचान गर्न सक्ने क्षमता र खुबी छैन । यी दुई कुरामा शाह सहित सपरिवारले नै ध्यान दिन जरुरी रहेको छ ।

राजनीतिक दलहरुका नेताहरूको सामुन्ने पुर्व राजा ज्ञानेन्द्र, छोरा पारस र बुहारी हिमानी शाह कुटनीतिमा शुन्य । मन्त्रीहरु, सांसदहरू र नेताहरुलाई मुलुक नचाहिने ? उनीहरूले मुलुक संग गद्धारी, विश्वासघात र राष्ट्रघात गरेपनि भएको छ ? यसकारण पुर्व राजा कुटनीतिक शुन्य र राष्ट्रियताको सवालमा सच्चा देशभक्त भएकोले नै सत्ता छोडनु पर्ने अवस्था आएको हो । राजपरिवारहरु मात्र देशभक्त भएर सम्भव छ ? राजपरिवारहरु र नागरिकहरुले बुझ्नुपर्ने कुरा हो ।
राजा ज्ञानेन्द्रलाइ हालसम्म सुझाव र सल्लाह दिने आसेपासे र भरौटेहरु नै घमण्डी, स्वार्थी र अवसरवादी सत्ता, पद र लोभमा बिकाउ आँट, हिम्मत र साहस कसैमा छैन ? आफुलाई मात्र सर्वश्रेष्ठ ठान्ने र एक्काइसौं शताब्दीमा पनि राजा साहब भनेर मान सम्मान दिनुपर्ने अझै पनि सदबुद्धि र ज्ञान कसैमा आएको छैन । एक आपसमा द्वन्द छ र एक आपसमा मिल्न सकिरहेका छैनन।

राजनीतिक दलका नेताहरुको कारणले मुलुकको स्वाधीनता धरापमा छ । मुलुक प्रति जिम्मेवार बन्न नेपालको सेनाहरु र पुर्व राजा कसैमा पनि आँट, हिम्मत र साहस छैन जस्तो छ नी किन ?

हाम्रो मुलुक नेपालका नागरिकहरु ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी, अवसरवादी र मासु, भात, दारुमा बिकाउ छ्न।यसकारणले पनि मुलुकको विकास, आर्थिक उन्नति र प्रगति हुन नसकेको हो ।

स्वर्गीय श्री ५ महेन्द्र शाह पनि राष्ट्रवादी भएको कारणले नै हत्या भएको हो । स्वर्गीय मदन भण्डारी सच्चा कम्युनिस्ट देशभक्त र कम्युनिस्टको सहि सिद्धान्त र सहि विचार बोकेका व्यक्ति थिए । मदन भण्डारीले मुलुकको मुहार फेर्न चाहन्थे । रिस, डाह र बिकाउ प्रवृतिका नेताहरूले मदन भण्डारीको मुलुकको मुहार नै फेर्ने चाहनालाई देख्न सकेनन । तर मदन भण्डारीको सहि सिद्धान्त, सहि विचार र देश भक्त्तिकै कारण हाम्रै देशका नेताहरूले मारेका हुन ।

स्वर्गीय राजा बिरेन्द्र विर विक्रम शाहदेवको वंश विनाश पनि मुलुकप्रति भक्ति भाव राष्ट्रवादी र वफादारी कै कारण भएको हो । स्वर्गीय दिपेन्द्र विर विक्रम शाहलाई हत्यारा बनाइयो र झुठो प्रचार गरियो तर दिपेन्द्र हत्यारा होइन । सर्वप्रथम दिपेन्द्रको हत्या गरेपछि दिपेन्द्रको नक्कली मुकुण्डो लगाएर मार्ने काम भएको छ । बिरेन्द्रको वंश विनाशमा कांग्रेसका स्वर्गीय गिरिजा प्रसाद कोइराला लगायत कम्युनिस्ट र माओवादीका पनि केहि नेताहरूको सहभागिता देखिन्छ ।

स्वर्गीय बिरेन्द्र शाहको वंश विनाश पश्चात बाध्यता पुर्वक ज्ञानेन्द्र शाहलाई शासन सत्ता चलाउने भार आई पर्न गएको थियो । तर उहाँ समयानुकूल चल्नुपर्ने थियो । त शाह चाहिंदो भन्दा बढी राष्ट्रवादी भएको कारण नै सत्ताबाट बाहिरिनु परेको हो । डलर र पाउण्डमा बिकाउ भएका केही नेताहरूको सामुन्ने अहिलेको २१ ओं शताब्दीमा सच्चा राष्ट्रवादी बनेर मुलुक चलाउन सक्छु भन्ने साहस गर्नु नै पुर्वराजाको ठुलो भुल र गल्ती थियो ।

प्रधानसेनापति रुक्मांगत कटुवालको कार्यकालमा नै माओवादीका पुष्पकमल दाहाल, बाबुराम भट्टराई लगायतका नेताहरूले आफ्नो लडाकुहरु सेनामा समायोजन गरी नेपाली सेनाहरुमा फुट गराएर मुलुक नै ध्वस्त गर्ने लक्ष्य थियो । नेपाली सेनाले कहाँ कहाँ बाट बडो दुःख र कष्ट गरी विडियो फेला पारेर माओवादीका धेरै गोप्य रहस्यहरु बाहिर ल्याए ।

यसप्रकार मुलुक ठुलो दुर्घटना हुनबाट जोगीयो । मुलुक जोगाउनमा उनीहरुको ठुलो योगदान छ । नेपाली नागरिकहरुले पनि सेनाहरुले मुलुकप्रति दिएको योगदान र महत्वलाई बुझेनन । नेपाली सेनाहरुलाई मान सम्मान दिन त पर जाओस नेपाली नागरिकहरु कसैले पनि नेपाली सेनाहरु प्रति सहानुभूति सम्म देखाएनन । यसकारण नेपाली नागरिकहरु बेइमान, स्वार्थी र गुण बिर्सने हुन । गुण भन्ने कुरा एक फेर लगाईन्छ । बारम्बार लगाउन सकिन्न । मुलुक दुर्घटनामा पर्न गयो भने यसको जिम्मेवार सर्वप्रथम नेपाली नागरिकहरु नै हुने छन ।

एक त हाम्रो मुलुकलाई सतीले श्राप दिएकोले पनि राम्रो काम गर्नेहरुको सहि विचार बोक्नेहरुको उठी बास लाग्छ र नेपालमा सहि विचार, सहि नियत र सहि उद्देश्य भएकाहरू टिक्न सक्दैनन । राम्रो काम गर्ने, सहि सिद्धान्त, सहि विचार बोक्ने र राष्ट्रवादीहरुको नेपालमा काम छैन । जस्तै स्वर्गीय महेन्द्र शाह, स्व.मदन भण्डारी, स्व.मरिचमान सिंह, स्व.बिरेन्द्र शाह वंश र ज्ञानेन्द्र शाह राष्ट्रवादी हुन ।
नेपालमा कानुनी शासन छैन । यसकारण नेपाल कानुनी शासन भएको मुलुक होइन । राम्रो सिद्धान्त, सोच, विचार राख्ने मानिस नेपालमा टिक्न सक्दैन।
तीन करोड नेपाली नागरिकहरु मध्ये प्रधानसेनापति रुक्मांगत कटुवाल जस्ता सेनाहरुलाई मुलुकको चिन्ता ? पुर्व ज्ञानेन्द्र शाह जस्तालाई मुलुकको चिन्ता ? तीन करोड नेपाली नागरिकहरु मध्ये कम से कम एक लाख जनालाई मुलुकको चिन्ता होला ? बांकीलाई हात लाग्यो शुन्य भने जस्तै छ ।

हाम्रो मुलुकको प्रायजसो सबै नेताहरू बिकाउ छन । मुलुकको यस्तै अवस्था रहि रहयो भने अफगानिस्तान,सिक्किम, सिरिया, रुवाणडा र हाइटी बन्न धेरै समय लाग्दैन ।
हामी आत्मनिर्भर छैनौं हामी परनिर्भर छौं । नेपालमा के ठेगान फेरि कहिले नाकाबन्दी हुने हो र भोकभोकै मर्ने अवस्था आउन नसक्छ भन्ने कुनै ग्यारेन्टी छ र ? मलाई पनि हाम्रो मुलुकको मन्त्रीहरु र नेताहरूको रवैया देखेर दिक्क लागेको छ ।


हाम्रो मुलुक नेपाल अविकसित मुलुक हो । हाम्रो मुलुकले कहिले पनि प्रगति गर्न सक्दैन । मात्र देशमा राज गरेका नेताहरूको मात्र प्रगति हुने छ । नेपालमा यो कुरा ठिक छ भनेर कतै बाट चित्त बुझाउनु पर्ने ठाउँ छैन ? दिनहुँ बेरोजगार युवाहरु बिदेशतिर पलायन भइ रहेको अवस्था छ । नेताहरू आफ्नो दुनो कहाँ बाट कसरी सोझाउनमा मात्र ध्यान तत्पर र केन्द्रित छन ।

राजा ज्ञानेन्द्र शाहले मर्यादा नाघेर अपशब्दले कुनै पनि नेताहरूलाई आजसम्म गाली गरेको भन्ने मलाई थाहा छैन । उहाँले जहिले पनि मर्यादित र शिष्टचारले नै बोल्नु भएको छ । उहाँलाइ कहिले प्रधानमन्त्री के पी शर्मा ओलीले गाली गरेको र धम्क्याएको सुनेको छु । कहिले पुष्प कमल दाहाल, कहिले बाबुराम भट्टराई अनि कहिले माधव कुमार नेपालले । त्यति मात्र होइन गगन थापा, झलनाथ खनाल, मातृका प्रसाद यादव कसैले बाँकी राखेका छैनन् । हैन सबैले राजा ज्ञानेन्द्र शाहको कति खेदो खनेको हो ?

राजा ज्ञानेन्द्र शाह मुलुक त्याग गरेर अन्तर्राष्ट्रिय मुलुक नै जीवनभरी बस्ने हो भने उहाँलाइ सम्मान साथ हिन्दु सम्राट तथा विष्णुको अवतार भनेर दिनहुँ बिहान र बेलुका पुजा गरेर राख्छन । पहिले राजसंस्था र राजसंस्था पछि राजा ज्ञानेन्द्र शाह भएर मात्र यो मुलुक बचेको छ । शाहले मुलुक त्याग गरुन त्यसपछि हामी नेपाली नागरिकहरुको के दुर्दशा हुनेछ बल्ल थाह हुन्छ ? हिन्दीमा कहावत छ बँदर क्या जाने अदरक का स्वाद त्यस्तै हामी नेपाली नागरिकहरु छौं । यसकारण पनि पुर्व राजा ज्ञानेन्द्र बुद्धको अवतार हुन ।

नेपाली नागरिकहरु त्था राजनीतिक दलका नेताहरु ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी र स्वार्थी छ्न । फेरी पनि राजा ज्ञानेन्द्र शाहको आगमन हुने हो भने उहाँका कुरा काटनेहरु सबै जना पछि पछि लाग्ने छन र राजालाई ठिक भनी राजाको तारिफ गर्न सम्म पछि पर्दैनन ।विगतमा पनि देखिएको नै हो । पुर्व राजालाइ दाम राखी ढोग्न सम्म पछि परेनन ।

अब राजा ज्ञानेन्द्र शाह सत्तामा आउनु पर्छ ?
यदि रारजा सत्तामा आउँछन भने नेकपा, कांग्रेस लगतयतका सबै दलहरु राजाका हुुन्छन । तर उहाँ बाहिर हुुनुभयो भने राजाको विरोधी भएर कुरा काटेर अवसरवादी चरित्र देखाउँछन । नेपाली नागरिकहरु अवसरवादी, स्वार्थी मासु, भात र दारुमा बिकाउ छन ।

नागरिकहरु सचेत भएको देशमा त्यस देशले प्रगति पनि गरेको र देशले फड्को मारेको अवस्था पनि छ । मुलुकलाई कतातिर र कुन दिशा तर्फ लैजाने हो भन्नेमा नागरिकहरुको भुमिका नै अर्थपूर्ण र महत्त्वपूर्ण हुन्छ ।

  • 45
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

Facebook Comments