मानव पिसाब र घर वपरिपरिको कसिंगर बुझे मोहोर नबुझे फोहोर

Slide adventures BUN
JUNGLE
Slide escape from the city Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेपालको समग्र बिकासको मुख्य मेरूदण्ड  कृषि क्षेत्रले कुल ग्राहस्थ्य उत्पादनमा करिब २९% योगदान गर्दछ l कृषिमा फड्को मार्न होस् चाहे , व्यक्तिगत रुपमा नै आत्मनिर्भर बन्न किन नहोस मलखादको आबस्यकता पर्दछ l बढ्दो खाद्य बस्तुको माग समेट्न र उत्पादन वढाउन यसको नितान्त आबस्यक छ l गुणस्तरीय बिउ मात्र उत्पादन वढाउन प्रयाप्त हुँदैन , माटोको उत्पादकत्वो  ,माटोको गुणस्तर, बिरुवालाई समय समयमा चाहिने तत्व , मल आबस्यक पर्दछ l देशको सबै भूभागमा रसायनिक मलखाद पुगेको छैन त कोहि मानिस यती सम्म गरिब छन् कि गाई बस्तुको मल जुटाउन समेत पनि गार्हो पर्दछ l यस्तो अवस्थामा गर्ने के ?

बायोचार अर्थात् अधिक मात्रामा कार्बन भएको अत्यधिक तापक्रम (४००–८०० डिग्री सेल्सियस) र अक्सिजन रहित अवस्थामा काठ दाउरा ,पात ,हाँगा जलेर बनेको एक किसिमको अंगार हो ।

यसको विकल्पको रुपमा बायोचार र मानव मलमुत्र लाइ लिन सकिन्छ l बायोचार अर्थात् अधिक मात्रामा कार्बन भएको अत्यधिक तापक्रम (४००–८०० डिग्री सेल्सियस) र अक्सिजन रहित अवस्थामा काठ दाउरा ,पात ,हाँगा जलेर बनेको एक किसिमको अंगार हो । यसलाई घरेलु स्तरमा बनाउदा एउटा खाडल खनेर तेस्मा काठ  दाउरा, बनमारा , मकैको पात , पराल , धान गौ को भुस जम्मा गरि आगो बालेर कोइला बनाउने, माथि बाट माटोले छोप्ने तर, पूरै खरानी हुनेगरी भने डढाइँदैन । डढाएर तयार पारेको अंगारको डल्लोमा गोमूत्र मिसाइन्छ, त्यसपछि बन्छ बायोचार l बायोचार बनाउने सामग्री थोरै थोरै गरेर जलाउनुपर्छ । एक सतह जल्दा जल्दै अर्को पातलो सतहको सामग्री थप्नुपर्छ । खरानी बन्न दिनु हुँदैन, अंगारको रूपमा रहनुपर्छ l पानी वा गहुँतले बल्दै गरेको आगोलाई चारैतिरबाट निभाउनुपर्छ । पानी तथा हावा नपस्नेगरी माटोले २४ घण्टासम्म पुर्न सकिन्छ । सेलाएपछि वा अर्को दिन खाडलबाट बायोचार निकाल्नु पर्दछ । बायोचार खाडलबाट निकालेपछि पिँधेर मलसँग मिसाएर माटोमा प्रयोग गर्नुपर्छ l  बायोचारलाई पिसेर खेत बारीमा छर्नाले , माटोको चिस्यान तथा पानी अड्ड्याउन सक्ने क्षमता बढ्नुका साथै माटोको गुणस्तरमा पनि सुधार ल्याउन सक्छ l बायोचारले विभिन्न माटोबाट लाग्ने रोग बाट बचाउनुका साथै माटोको उर्बरा शक्ति पनि बढाउंदै मलखादको आबस्यकतामा पनि कमि ल्याउछ  l यसलाई दूषित पानी प्रशोधन गर्न, कृषि भूमि उर्वर बनाउन, गाईवस्तु तथा कुखुरा बस्ने ठाउँ चिस्यानबाट बचाउन, दानाको रूपमा प्रयोग गर्न, नाला वा अन्यत्रको दुर्गन्ध हटाउन, कार्बन स्थिरीकरण गर्न जस्ता धेरै कार्यमा उपयोग गर्न सकिन्छ । माटो धेरै अम्लीय भएमा यसलाई पीएच बढाउन प्रयोग गरिन्छ । बायोचारको पीएच ४ देखि १२ सम्म हुने गरेको पाइन्छ l

त्यस्तै मानव मलमुत्रबाट सरदरमा ११:२:४ भागमा नाईट्रोजन, फस्फोरस ,पोटासियम ( N, P, K ) पाउन सकिन्छ ,साथै अन्य पोषक तत्व जस्तै : सल्फर, क्याल्सियम , बोरोन  आदि पाउन सकिन्छ l एउटा मानिसले एक वर्षमा ५५० लिटर पिसाब गर्दछ जसमा ३.५ के . जी नाईट्रोजन, ०.४ के . जी फस्फोरस, १ के . जी पोटासियम पाइन्छ l बढी मात्रामा नाईट्रोजन पाइने हुँदा यसलाई युरियाको बिकल्पको रुपमा प्रयोग गर्न सकिन्छ l

प्रयोग बिधि :

पिसाबलाई ग्यालेनमा जम्मा गरि बिर्कोले राम्रो संग छोप्ने ।

करिब १ महिना सम्म त्यसलाई फर्मेंटेसन हुन दिने ।

उक्त मुत्रलाई अवस्था हेरिकन ३/६/१० : १ भाग पानीको घोल बनाएर बिरुवाको वरिपरी राख्ने ।

अन्य मल जस्तै यो पनि बिरुवाको मुख्य जरामा नपर्ने गरि छर्ने ।

मानव मलको लागि सोहि अनुसारको चर्पी र खाडल हुनु पर्दछ ।

मल पूर्ण रुपमा बनेपछि मात्र प्रयोग गर्ने ।

ग्यालेनमा जम्मा पिसाब

वर्षेनी १५अर्ब बराबरको मल आयात गर्ने हाम्रो देशमा मानव मलमुत्र तथा बायोचार बरदानको रुपमा साबित हुन सक्छ l तर मानिसहरु अझै पनि आफ्नो मलमुत्र प्रयोग भएर उत्पादन भएको स्वस्थ र गुणस्तरीय खाद्य बस्तु खान हिचकिचाउछन तर अनेक बिषाधी र रसायन प्रयोग गरि उत्पादन भएको बस्तु निर्धक्कको साथ खाने गर्दछन् l न त उत्पादित बस्तुमा मलमुत्र मिसिने न खादा कुनै दुर्गन्ध आउने तर पनि हामी हिचकिचाउछौ l हाम्रा छिमेकी  बिकसीत रास्ट्र चिनमा विभिन्न स्कुल,क्याम्पस देखि लिएर घरायसी मलमुत्रको प्रयोग गरि कृषिमा उत्पादन बढाएर मनग्य आम्दानी लिरहेका छन् l अझ त्यति मात्र नभएर भारतको पनि विभिन्न स्थानमा यसको राम्रो प्रयोग भएको देखिन्छl विभिन्न ठाउँमा पिसाब संकलन गर्न पिसाब गरेबापत पैसा पनि दिने गर्दछन l नेपालको पनि केहि ठाउँमा यसको सानै रुपमा भएपनि प्रयोग भएको पाइन्छ l

मैले आफुले कृषि विद्यालयमा गरेको प्राक्टिकल तथा अनुसंधानमा  बायोचार (चारकोल) र मानव मुत्रको प्रयोग बाट उत्पादन धेरै बढ्न गएको पाएँ तर यसरी यसलाई प्रयोग गर्दा समय समयमा गोठे मल पनि प्रदान गर्नु पर्दछ l मानव मुत्रको प्रयोगले करिब २ महिनामै खेतीपातीमा राम्रो प्रभाब देखिन थाल्दछ l अन्य मल को तुलनामा यसको उत्पादनमा रोग पनि कम लाग्दछ l बायोचारलाई बनेको ७ दिन पछि मात्र राख्दा राम्रो प्रभाब देखिने गरेको पाइयो l बायोचार नभिज्ने ठाउँमा केहि समयसम्म छोपेर राखी प्रयोग गर्न सकिन्छ तर धेरै समय सम्म पनि राख्नु हुदैन l

कृषि प्रशिक्षक तथा कृषि अनुसन्धान कर्ता मिलन जोसेफ 

पशुपालन विस्तारै हराउँदै गएको , पशुको मलमूत्रको अभाव देखा पर्न लागेको छ र यस अवस्थामा मानव मुत्र प्रयोग गरेर कृषि गर्न सकिन्छ l गरिब किसान , जहाँ मल तथा सिचाईको समस्या छ त्यो ठाउँमा यसलाई सजिलै संग प्रयोग गर्न सकिन्छ l सस्तो सुलभ , भरपर्दो र धेरै प्राबिधिक ज्ञानको आवस्यकता नपर्ने हुँदा जहाँ जसले पनि यो प्रबिधि अपनाउन सक्दछ l छोटो समयमा कम लगानीमा धेरै आम्दानी लिन सकिन्छ l

अब पिसाब लाई मुत्र मात्र नभनौ यो त कृषि उत्पादन वढाउने सुत्र हो l

  विभिन्न रसायन प्रयोग भएका खाद्यान्न खानको साटो मुत्र र बायोचार प्रयोग भएको खपत गरेयौँ भने स्वस्थ भै निरोगी जीवन बिताउन सकिन्छ l आफ्नै स्थानीय स्रोत र साधन प्रयोग गरि छोटो समयमा प्रभाब देखिने आफ्नै घरेलु प्रबिधि अपनाउने समय आएको छ l यो प्रबिधि अपनाएर स्वस्थ , सफा बातावरणका साथै उत्पादन दोब्बर बनाउन सकिन्छ l  तसर्थ बायोचार र मनावमुत्रलाई प्रयोग गरेर रसायनिक मलको प्रयोग न्यूनीकरण गरौ, सुखी स्वस्थ, समपन्न जीवन बिताउं l

मिलन जोसेफ कृषि बिद्यालय अर्घाखाँची मा कृषि प्रशिक्षक तथा कृषि अनुसन्धान कर्ता हुनुहुन्छ । 

  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

Facebook Comments