रङ कालो र स्वाद मिठो हुने कालो बर्गर

रङ कालो र स्वाद मिठो हुने कालो बर्गर ‘बर्गर हब’ मा पाईन्छ जुन पुतलीसडकमा रहेको छ । कालो बर्गर ‘बर्गर हब’ को ब्रान्ड नै हो ।

१० वर्ष जापानमा बर्गर किंगमा कम गरेका नवराज सिलवाल आफ्नै देशमा केहि गर्न सकिन्छ भन्ने विश्वासले लगभग ५० लाख को लगानीमा बर्गर हब एक वर्ष अगाडी खोले । ९ महिना सानो ठाउमा बर्गर बेचेर ग्राहक बढ्न थालेपछि एउटा पुरै फ्ल्याट लिएको संचालक सिलवाल बताउछन् ।

विद्यार्थी र कामदारहरुलाई लक्षित् गर्दै अरु पसल भन्दा सस्तोमा बर्गर बेच्ने कुरा संचालक बताउछन् । बर्गर हबमा ८ जना कामदार छन् । ५० हजार जति महिनाको कमाइ हुने हबले अरु ब्रान्चहरु खोल्ने निर्णय पनि गरेको छ ।

ग्राहकहरुलाई मिठो स्वादिस्ट बर्गर दिएर सन्तुस्ट पारेको दाबी सिलवाल गर्छन।

Facebook Comments
  • 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

Related Posts