सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजुरी

बलिउड अभिनेता सुशान्तसिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजुरी परेको छ।

सुशान्तका पिता केके सिंहले उनीविरुद्ध पटनाको राजीवनगर थानामा उजुरी (एफआइआर) दर्ता गराएका हुन्। उनले गत २५ जुलाईमा दर्ता गराएको उजुरीमा रियालाई सुशान्तसँग पैसा असुलेको र आत्महत्यका लागि उक्साएको आरोप लगाइएको छ। उजुरीपछि पटना प्रहरी मुम्बई गएको छ।

सुशान्त गत १४ जुनका दिन मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। प्रहरीले यसलाई आत्महत्या भनेको छ। तर उनका फ्यानहरुले यसलाई हत्या भन्दै सिबीआईको संलग्नतामा छानबिन गरिनुपर्ने माग गर्दै आएका छन्।

Facebook Comments
  • 39
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

Related Posts