भूवन – साम्राज्ञी विवाद अव अदालतमा : नायक केसीले गरे मानहानीको मुद्धा दर्ता !

९ साउन, काठमाण्डौ
नेपाली फिल्मी क्षेत्रमा केही समय देखी चर्चित रहेको एउटा विवाद अदालत सम्म पुग्ने भएको छ ।

नायक भूवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरे सँगै यो विषय अब अदालतमा पुगेको हो । नायक केसीले जिल्ला अदालत काठमाण्डौमा विहिबार साम्राज्ञी विरुद्ध मानाहानीको मुद्दा दर्ता गरेका हुन् ।

चलचित्र ड्रिम्सको सुटिङको क्रममा निर्माण युनिटले आफूलाई वेवास्ता गरेको टिप्पणी गरेपछि उक्त कुराले खुबै बिबादास्पद अवस्था सिर्जना गरेको हो ।साम्राज्ञीले उक्त टिप्पणी लगत्तै केसीले साम्राज्ञीले जुन थालमा खायो त्यहि प्वाल पारेको प्रतिक्रिया दिएका थिए । त्यसपछि झन विवाद चर्को बन्दै गयो ।

साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको र गलत आरोप लगाएको भन्दै भुवनले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । यसअघि अभिनेता भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै चलचित्र कलाकार संघमा पनि उजुरी दिएका थिए ।

केसीले चलचित्र ड्रिम्सको बिषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुव्र्यवहारको बिषयलाई पनि आफ्नो उजुरीमा समावेश गरेको वुझिएको छ । नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविच विगत केही सातादेखी सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको थियो ।

Facebook Comments
  • 35
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

Related Posts