स्थानीयको अवरोधका विच पर्सामा कोरोना सङ्क्रमितको शव व्यवस्थापन

१७ साउन, पर्सा

पर्सामा कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः अवरोध गरेका छन् । अवरोधकै बीच सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ ।

वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको छ ।

शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएका थिए ।

शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

भिडलाई नियन्त्रणमा लिन आधा दर्जन सेल अश्रु ग्यास प्रहार गर्नु परेको प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कार्कीले बताए । उनका अनुसार शव गए राति नै व्यवस्थापन गरिसकिएको छ ।

Facebook Comments
  •  
  •  
  •  
  •  
  •  
  •  

Related Posts