67
कात्तिक,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । आज एकैदिन ४ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य पुन उकालो लागेको हो ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले तोलामा ३ हजार १ सय ७० रुपैयाँ कायम भएको छ ।
हिजो ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेरसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । यसअघि सुनको मूल्य घट्ने क्रममा रहेको थियो ।