बेलायतमा नेपाली सेनाले जित्यो स्वर्ण पदक

12 October, 2025 265 Views
बेलायतमा नेपाली सेनाले जित्यो स्वर्ण पदक
265

असोज, काठमाडौं । नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको ‘एक्सर्साइज क्याम्ब्रियन पेट्रोल २०२५’  मा सर्वोत्कृष्ट अङ्क हासिल गर्दै स्वर्ण पदक प्राप्त गरेको छ।

अन्तर्राष्ट्रिय स्तरको यस अभ्यासमा संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो। सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ। प्रतियोगितामा सहभागी टोलीले दुई दिनभित्र हतियार तथा करिब ५० पाउण्ड तौल बराबरको उपकरण र बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ। यस अभ्यासमा टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते९बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ।

Related Post