एकैदिन तोलामा ६ हजार नौ रुपैयाँले घट्यो सुनको मूल्य

16 November, 2025 102 Views
एकैदिन तोलामा ६ हजार नौ रुपैयाँले घट्यो सुनको मूल्य
102

कात्तिक, काठमाडौं । स्थानीय बजारमा आज (आइतबार) सुनको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार नौ सयले घटेर कारोबार भइरहेको छ।

यसअघि २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४२ हजार ८ सय पुगेको छ। आज चाँदीको भाउ पनि तोलाको १५० रुपैयाँले घटेको छ। यसअघि ३ हजार २८५ रुपैयाँ तोकिएको चाँदी आज ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

Related Post