एनपीएलका बाँकी खेलका लागि सुदुरपश्चिमले ल्यायो नयाँ खेलाडी

एनपीएलका बाँकी खेलका लागि सुदुरपश्चिमले ल्यायो नयाँ खेलाडी
45

मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को फ्रेन्चाइज सुदुरपश्चिम रोयले नयाँ खेलाडी ल्याएको छ । दुई अष्ट्रेलियन स्टार खेलाडीहरु जोस ब्राउन र क्रिस लिन प्लेअफ अगाडि नै घर फर्किएपछि रोयल्सलाई नयाँ विदेशी खेलाडी ल्याएको हो ।

रोयल्सले विदेशी खेलाडीको एक रिक्त स्थानमा सेल्डन फिलिप ज्याक्सनलाई अनुवन्धित गरेको छ । उनी भारतीय खेलाडी हुन् । ज्याक्सनसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव भने छैन । उनले फस्र्ट क्लासका १०६ म्याच खेलेको अनुभव छ, जसमा उनले २१ शतक र ३९ अर्धसतक बनाएका छन् । सन् २०१२–१३ को रणजी ट्रफी सिजनमा उनले साराष्ट्रबाट चार अर्धसतक र तीन सतक हान्दै सनसनीपूर्ण प्रदर्शन गरेका थिए ।

३९ वर्षिय ज्याक्सनले आइपीएलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका छन् । उनी विकेटकिपर ब्याट्सम्यान हुन् । आइपीएलमा भने उनी फ्लप सफल हुन सकेनन् । २०१७ देखि २०२२ सम्म ९ म्याचमा अवसर पाउँदा कुल ६१ रन मात्रै जोडेका छन् । सेल्डनले यसै वर्ष व्यवसायीक क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए ।

Related Post