फेरी पनि डडेलधुराबाट चुनाब लड्ने तयारीमा देउवा

फेरी पनि डडेलधुराबाट चुनाब लड्ने तयारीमा देउवा
53

मंसिर, काठमाडौं । नेपाली काग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा डडेलधुराबाटै पुन: चुनाब लड्ने भएका छन् । सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा भने डडेलधुराबाटै पुनः प्रतिस्पर्धा गर्ने तयारी गरेको देउवा निकटस्थ कांग्रेस नेता कार्यकर्ताहरूले बताएका छन् ।

‘डडेलधुराबाटै निर्वाचन लड्ने इच्छा रहेको बताइसक्नु भयो,’ डडेलधुरा कांग्रेसका एक नेताले भने, ‘हाल निवासमा भेटघाटमा आउने नेता कार्यकर्ताहरूसँग अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्छु भन्नु भएको छ ।’ देउवा प्रतिनिधिसभाका सात वटा चुनावमा होमिएर निरन्तर विजयी हुँदै आएका नेता हुन् ।

फागुन २१ हुने निर्वाचनका लागि कांग्रेसले यतिबेला उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरिसकेको छ । यही २५ गतेभित्र जिल्ला कार्यसमितिले उम्मेदवारहरूको सिफारिस पठाइसक्ने तालिका निर्धारण गरेको छ । ‘सभापति नै चुनावमा लड्ने छलफल भइरहेको छ । तर अन्तिम कुरा अहिल्यै नभनौं । एकरदुई दिनमा थाहा भइहाल्छ,’ डडेलधुरा कांग्रेसका सभापति भीमबहादुर साउदले भने ‘देउवाले चुनाव लड्ने टुंगो लागेपछि एकल नाम सिफारिस गर्ने तयारी छ ।’

Related Post