गृहमन्त्री ओमप्रकाश अर्यालको चेतावनी : क्रान्तीकारीहरूलाई आतंककारी नदेखाऊ

16 October, 2025 204 Views
गृहमन्त्री ओमप्रकाश अर्यालको चेतावनी : क्रान्तीकारीहरूलाई आतंककारी नदेखाऊ
204

असोज,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार जनआन्दोलन र क्रान्तिपछि बनेको भन्दै यसको वैधानिकतामाथि प्रश्न उठाउने अधिकार कसैलाई नरहेको बताएका छन्। बुधबार गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्नेलाई प्रत्यक्ष रूपमा चेतावनी दिएका हुन्।

गृहमन्त्री अर्यालले भने, “क्रान्तीकारीहरूलाई अहिले केहीले आतंककारी देखिरहेका छन्। तर यो सरकार क्रान्तिपछि बनेको हो — हेक्का रहोस्।” उनले थपे, “क्रान्ति गरेर बनेको सरकारले सुशासन छोड्दैन, बरु त्यसलाई संस्थागत गर्छ।”
सुरक्षाकर्मीहरूको व्यवस्थापनबारे टिप्पणी गर्दै उनले विगतमा नेताहरूले सुरक्षाकर्मीको दुरुपयोग गरेको आरोप लगाए। “कतिपय नेताले बर्दीधारीलाई घरमा भान्से बनाएका थिए, पिएसओलाई ड्राइभर बनाएका थिए,” उनले भने, “त्यो पैसा बचाउनको लागि हो कि सत्ताको दिखावटका लागि?”

अर्यालले अनावश्यक सुरक्षा फिर्ता गरेपछि शान्ति–सुरक्षा कमजोर भएको भन्ने भ्रम फैलाइएको आरोपसमेत लगाए। “सरकार शान्ति र सुरक्षामा गम्भीर छ,” उनले भने, “यदि कसैलाई वास्तविक थ्रेट छ भने निवेदन दिनुहोस्, तुरुन्तै जाँच गरी सुरक्षा दिइनेछ।” गृहमन्त्री अर्यालले अन्त्यमा भनिन्, “यो परिवर्तनले देशलाई नयाँ दिशामा लगिरहेको छ, त्यसलाई असंवैधानिक भन्नु स्वयं जनआन्दोलनमाथि अपमान हो।”

Related Post