घट्यो सुनचाँदीको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

07 December, 2025 220 Views
घट्यो सुनचाँदीको मूल्य, कतिमा भईरहेको छ कारोबार ?
220

मंसिर, काठमाडौं ।  शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार दुई सय कायम भएको छ भने चाँदीको मूल्य तीन हजार ६०५ निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार चार सय निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ५५५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

 

Related Post