हुम्लाको चंखेलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

10 October, 2025 192 Views
हुम्लाको चंखेलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो
192

असोज, सुर्खेत ।  हुम्लाको चंखेलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। चंखेली गाउँपालिका–६ मेल्छामबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको बोलेरो जीप शुक्रबार बिहान चंखेली गाउँपालिका–४ देसीखोला गोठ्यानामा दुर्घटना भएको हो।

हुम्लाबाट नौ जना यात्रु बोकेर आएको उक्त जीप दुर्घटना हुँदा चंखेली गाउँपालिका–६ की वसन्ती बुढा, उनकी नाबालिका छोरी र मानबीर बुढाको मृत्यु भएको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए। जीप दुर्घटनामा हुम्लाका कैलाश सिरा, चालक बहादुर लामा, हमेन्द्र रोकाया, हंश बुढा, पार्वती बुढा र विमला बुढा सहित सात जना घाइते छन्।

घाइतेको पिप्लाङ स्वास्थ्य चौकीमा उद्धार गरि प्राथमिक उपचार पछि नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज पठाउने तयारी भइरहेको छ। जीप दुर्घटनामा परी घाइते भएकाहरुलाई लिन नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी शंकर पोखरेलले जानकारी दिए।

Related Post