हर्क साम्पाङको घोषणा : पार्टीले बहुमत ल्याए देशमा कायापलट गर्छु नभए नागरिकता त्यागेर शरणार्थी बन्छु

08 December, 2025 115 Views
हर्क साम्पाङको घोषणा : पार्टीले बहुमत ल्याए देशमा कायापलट गर्छु नभए नागरिकता त्यागेर शरणार्थी बन्छु
115

मंसिर, काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिने बताएका छन् ।

सोमबार काठमाडौंको सिफलमा पार्टीले आयोजना गरेको कार्यक्रममा साम्पाङले स्पष्ट भिजन नभएका नेताहरूले पटक पटक देशको नेतृत्व गरेका कारण मुलुक अघि बढ्न नसकेको भन्दै देशलाई अघि बढाउन स्पष्ट भिजनसहितको नेतृत्व आवश्यक पर्ने बताए  ।

देशलाई कस्तो नेतृत्व दिनुपर्छ भन्ने विषयमा गहन बहस गर्नुपर्ने अवस्था देखिएको उनले बताए । साम्पाङले देश बनाउनु भन्दा आफ्नै घर बनाउन केन्द्रित भएका नेताहरूले स्वार्थका कारण असमान सन्धि सम्झौता गरेको आरोप समेत लगाए ।

उनले श्रम संस्कृति पार्टीले देशका युवाहरूलाई देशमा नै परिचालन गरेर विकास गर्ने नीति लिएको धारणा राखे । साम्पाङले श्रम संस्कृति पार्टीले बहुमत प्राप्त गरेर देश चलाउन पाएको अवस्थामा पाँच वर्षभित्र कायापलट गर्न नसके नागरिकता त्यागेर शरणार्थी हुने घोषणा गरे । उनले भ्रष्टाचार गर्ने नियतका साथ कोही पार्टीमा आएको भए तत्काल छाड्न चेतावनी समेत दिए ।

Related Post