झापामा जेईको संक्रमण फैलिँदै, ११ संक्रमित, ६ को मृत्यु

21 August, 2026 116 Views
झापामा जेईको संक्रमण फैलिँदै, ११ संक्रमित, ६ को मृत्यु
116

वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । 

मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । 

यससँगै जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ । उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको बताइएको छ।  नेपालमा जापानिज इन्सेफ्लाइटिस पहिलोपटक सन् १९७८ मा रुपन्देहीमा देखिएको थियो। त्यसयता विशेषगरी वर्षायाममा यो रोगको संक्रमण बढ्ने गरेको छ। सुरुमा तराई क्षेत्रमा सीमित रहेको जेई पछिल्ला वर्षमा पहाडी तथा हिमाली जिल्लासम्म फैलिएको छ।

Related Post