कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापति देउवा सहभागी हुने

14 October, 2025 157 Views
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापति देउवा सहभागी हुने
157

असोज,काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । जेनजी आन्दोलनमा कुटिएका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलो पटक यो बैठकमार्फत सार्वजनिक हुन लागेका छन् । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेगरी नेताहरुलाई बोलाइएको छ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु यो बैठकमा सहभागी हुन काठमाडौ पुगिसकेका छन् । बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएपछि देउवा र उनकी श्रीमति आरजु राणा गम्भीर घाइते भएका थिए । उनीहरुमाथि आक्रमणसँगै घरमा आगजनी गरिएपछि आफन्तकोमा बस्दै आएका छन् ।

Related Post