कांग्रेस सभापतिमा गगन थापा चयन हुँदै, केहीबेरमा घोषणा

12 January, 2026 261 Views
कांग्रेस सभापतिमा गगन थापा चयन हुँदै, केहीबेरमा घोषणा
261

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्नेतर्फ अघि बढेको छ। विशेष महाधिवेशनको जारी बन्द सत्रले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्दै नयाँ कार्यसमिति निर्वाचन गर्ने कार्यविधि पारित गरेसँगै कांग्रेस अब नेतृत्व परिवर्तनको दिशातर्फ बढेको हो।

कांग्रेसको विशेष महाधिवेनले पारित गरेको कार्यविधिमा चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमिति विघटन गर्ने र १५औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ। नेपाली कांग्रेसको २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको चौधौं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका थिए।मंसिर १५ को केन्द्रीय समितिले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो। सम्भवतस् विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन हुनेछन्।

Related Post