कांग्रेसको १५ औं महाधिवेशन मंसिरको २७ देखि २९ सम्म गर्न गगन थापाको प्रस्ताव

17 October, 2025 450 Views
कांग्रेसको १५ औं महाधिवेशन मंसिरको २७ देखि २९ सम्म गर्न गगन थापाको प्रस्ताव
450

असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन मंसिरको २७ देखि २९ सम्म गर्ने प्रस्ताव भएको छ। महामन्त्री गगन थापाले जारी केन्द्रीय समिति बैठकमा मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका हुन्।

जेनजी आन्दोलनपछि पार्टी पुनर्गठनको बहस चलाइरहेका महामन्त्री थापाले कार्यतालिकासहित महाधिवेशनको मिति प्रस्ताव गरेका छन्। सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका छन्।

महामन्त्री थापासहित इतर पक्षका नेताहरू मंसिरभित्रै महाधिवेशन गर्ने पक्षमा उभिएपनि संस्थापन पक्ष धकेल्ने मनस्थितिमा छ। महामन्त्री थापाले बैठकमा प्रस्ताव गरेपनि अहिले छलफल जारी छ।

Related Post