केन्द्रीय समिति बैठकअघि देउवासँग गगन- विश्वको छलफल

14 October, 2025 175 Views
केन्द्रीय समिति बैठकअघि देउवासँग गगन- विश्वको छलफल
175

असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। केन्द्रीय समिति बैठकअघि महामन्त्रीद्वयले बैठकको एजेन्डाबारे छलफल गरेका हुन्। सभापतिसँगको भेटमा महामन्त्रीद्वयले मंसिरमा महाधिवेशन गर्ने गरी अघि बढ्न प्रस्ताव राखेका थिए। तर, देउवाले सल्लाह गर्ने भन्दै कुनै ठोस जवाफ नदिएको एक नेताले बताए।

महामन्त्रीद्वय मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरेरै भएपनि नेतृत्व परिवर्तन गर्ने पक्षमा छन्। उनीहरूले विशेष महाधिवेशन माग्नको लागि आवश्यक हस्ताक्षर पनि संकलन गरिसकेका छन्।

तर, देउवा निकट नेताहरूले मंसिरमा महाधिवेशन गर्ने सम्भावना नरहेको भन्दै टार्ने प्रयासमा छन्। सभापति र दुई महामन्त्रीसँगको भेटमा पनि महाधिवेशनबारे कुनै टुङ्गो लाग्न नसकेको बताइएको छ। अहिले नेताहरू बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपा पुगिसकेका छन्।

Related Post