केपी ओलीको सुरक्षा कटौती गरिएकोप्रति एमाले नेता महेश बस्नेतको आपत्ति

10 October, 2025 286 Views
केपी ओलीको सुरक्षा कटौती गरिएकोप्रति  एमाले नेता महेश बस्नेतको आपत्ति
286

असोज, काठमाडौं ।  नेकपा (एमाले)का नेता महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा कटौती गरिएकोप्रति कडा आपत्ति जनाएका छन् । बस्नेतका अनुसार पूर्वप्रधानमन्त्रीजस्तो विशिष्ट व्यक्तिको सुरक्षा घटाउनु सरकारको गम्भीर त्रुटि र गैरजिम्मेवार व्यवहार हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘पूर्वविशिष्ट व्यक्तिहरूको उचित सुरक्षा सुनिश्चित गर्नु विश्वभरका सरकारहरूको कानुनी र नैतिक दायित्व हो, तर अहिलेको सरकारले त्यसबाट पन्छिने प्रयास गरेको देखिन्छ।’ बस्नेतले थप लेखेका छन्, ‘सरकारले आफ्नो दायित्वबाट पछि हटेको अवस्थामा पनि हाम्रो आदरणीय अध्यक्षको सुरक्षा सुनिश्चित गर्न हामी सक्षम छौँ भन्ने सन्देश सबैलाई दिन चाहन्छौँ।’

Related Post