केपी शर्मा ओलीले आज गुण्डुबाट विशेष सम्बोधन गर्ने

09 October, 2025 215 Views
केपी शर्मा ओलीले आज गुण्डुबाट विशेष सम्बोधन गर्ने
215

असोज, काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्न विशेष भेटघाट कार्यक्रम राखेका छन् ।

एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा लेख्दै एमाले भक्तपुरको आयोजनामा बिहीबार बिहान ११ बजे तिथली चोक, गुण्डुमा हुने कार्यक्रममा ओलीले विशेष सम्बोधन गर्नेछन् ।

जेनजी युवाको आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर बालुवाटार छाडेका ओली अहिले गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । नेतृत्व छाड्न अध्यक्षओलीलाई पार्टी भित्रैबाट दबाब बढ्दै गएता पनि नेतृत्व नछाड्ने अडान कायमै राख्दै ओलीले आज सार्वजनिक कार्यक्रममा सम्बोधन गर्न लागेका हुन् ।
 

Related Post