महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीमा अदालतले दिएन अनुमति

08 October, 2025 208 Views
महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीमा अदालतले  दिएन अनुमति
208

असोज, काठमाडौं । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीमा अदालतले तत्काल अनुमति नदिई थप प्रमाण पेश गर्न निर्देशन दिएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार आदेश जारी गर्दै प्रहरीलाई सम्बन्धित प्रमाण र कागजात बुझाउन भनेको हो।

बस्नेतविरुद्ध पत्रकार शोभा पाठकले साइबर ब्युरोमा उजुरी दर्ता गरेकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले मंगलबार अदालतमा पक्राउ पुर्जीका लागि प्रस्ताव पेश गरेको थियो। अदालत स्रोतका अनुसार प्रारम्भिक प्रमाण पर्याप्त नदेखिएको भन्दै आदेश तत्काल स्वीकृत नगरिएको हो। अदालतले थप प्रमाण पेश भएपछि मात्र पक्राउ अनुमति दिने वा नदिने विषयमा निर्णय हुने बताइएको छ।

Related Post