ओली–महेश लक्षित गृहमन्त्रीको अभिव्यक्ति ‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ

14 October, 2025 263 Views
ओली–महेश लक्षित गृहमन्त्रीको अभिव्यक्ति ‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ
263

२८ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि म नै राज्य हुँ भन्ने जस्तो गर्नेहरुमाथि मौलिक तरिकाको ‘उपचार’ गर्ने बताएका छन् । सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसन बस्दै आएका अछामका मदन बुढाको आज अनसन तोडाउँदै गृहमन्त्री अर्यालले सो कुरा बताएका हुन् ।

सरकार फेरिए पनि कतिपयमा अझै पनि सरकारमै रहेको जस्तो व्यवहार देखिएको भन्दै उनले त्यो विकृति हटाउन क्रियाशील रहेको बताए । ‘सरकारमा नभए पनि म त सरकारमै छु जस्तो, म नै राज्य हुँ जस्तो जुन खालको आइरहेको थियो त्यो सरकारले अर्गानिक–वेमा ट्रिटमेन्ट गरिरहेको छ,’ मन्त्री अर्यालले भने, ‘त्यो विकृत हो, त्यो रोग हो । त्यो रोगको ट्रिटमेन्ट अर्गानिक–वे ९मौलिक तरिका०मा गरिरहेका छौं हामी ।’

उनले थपे, ‘सरकारको पो नयाँ पाउनुभयो । अरु बाँकी सत्ता कसको छ अहिले पनि रु के कारणले मानिसहरू बकबक गरिरहेका छन् अहिले पनि रु सरकारमा नभए पनि सेनामेना हेर्नुस् न कति जना लिएर हिँड्दा रहेछन् । एउटा मान्छेको पछाडि ५२ जना हुँदोरहेछ कतिपयको ४७ जना हुँदोरहेछ । आइ एम द स्टेट भनेर कसरी भनेका रहेछन् उनीहरूले ।’

Related Post