प्रचण्डको लगानी रहेको भन्दै जेन-जी आन्दोलनान रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

07 November, 2025 103 Views
प्रचण्डको लगानी रहेको भन्दै जेन-जी आन्दोलनान  रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ
103

पोखरा । जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगानी रहेको भन्दै जेन(जी आन्दोलनको क्रममा उक्त रिसोर्टमा आगजनी गरिएको थियो ।

उक्त आगजनीमा संलग्न रहेको आरोपमा कराते प्रशिक्षक २९ वर्षीय रूपक नेपालीसहित ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपकसहित पोखरा(१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ छन्।

उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

Related Post