सभापति भएपछी पहिलोपटक पार्टी कार्यलय जाँदै गगन थापा

22 January, 2026 261 Views
सभापति भएपछी पहिलोपटक पार्टी कार्यलय जाँदै गगन थापा
261

माघ, काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमिति भोलि सानेपा जाने भएको छ। सभापति थापा भोलि पार्टीको बैठक राख्ने गरी पार्टी मुख्यालय जान लागेको प्रवक्ता देवराज चालिसेले बताए। भोलि सानेपामा केन्द्रीय समितिको बैठक पनि बस्नेछ।

शेरबहादुर देउवा पक्षका नेताहरूले विशेष महाधिवेशन गर्न अस्वीकार गरेपछि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेका थिए। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिइसकेको छ।

यसअघि देउवा गुटको भेला सानेपामा हुँदा थापाले केन्द्रीय समिति बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा राखेका थिए। तर थापाको हस्ताक्षर स्वीकार गरेर देउवा पक्षका नेताहरू पनि चुनावमा सहभागी भएपछि थापा सानेपा जान लागेका हुन्।

Related Post