समानुपातिक बन्द सूची बुझाउने आज अन्तिम दिन

29 December, 2025 169 Views
समानुपातिक बन्द सूची बुझाउने आज अन्तिम दिन
169

पौष, काठमाडौं । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेको छ। निर्वाचन अयोगले आइतबार र सोमबारका लागि बन्द सूची पेश गर्ने समय दिएको थियो।  आयोगले सोमबार कार्यालय समयभित्र सबै राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाइसक्न भनेको छ।

प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रमुख दलहरूले बन्द सूची बुझाउन बाँकी छ। आयोगले सम्बन्धित ऐन र कानुनले तोकेको विधि तथा प्रक्रिया पालना गर्दै समावेशी क्लस्टर मिलाएर बन्द सूची पेश गर्न यसअघि नै दलहरूलाई आग्रह गरिसकेको छ।

ठूला दलहरु अन्तिम समयमा आएर समानुपातिक बन्दसूचीको गृहकार्यमा व्यस्त रहेका छन्। आयोगका अनुसार दलहरुबाट बन्द सूची पेश भएपछि सार्वजनिक जानकारीका लागि उक्त सूची प्रकासमा ल्याउन सकिने आयोगले जनाएको छ।
 

Related Post