संसद पुनर्स्थापनाका लागी एमालेले अदालत र सडकबाट पहल गर्ने

13 October, 2025 264 Views
संसद पुनर्स्थापनाका लागी एमालेले अदालत र सडकबाट पहल गर्ने
264

असोज, काठमाडौं । नेकपा ९एमाले० ले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ। आइतबार सकिएको केन्द्रीय सचिवालय बैठकले अदालत र सडक दुबै मोर्चाबाट संघर्ष अघि बढाउने निर्णय गरेको हो।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जननिर्वाचित संस्थालाई पुनर्जीवित गर्न एमाले अन्य लोकतन्त्र समर्थक दलहरूसँग संयुक्त अभियान सञ्चालन गर्ने जानकारी दिए। उनका अनुसार, पार्टीले आगामी २९ देखि ३१ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाएको छ र त्यसपछि जनपरिचालनको कार्यक्रम घोषणा गरिनेछ।

एमालेले संसद पुनर्स्थापनाको मागसहित अदालतमा रिट दायर गर्ने तयारी पनि गरेको छ। पार्टीले विगतमा दुईपटक संसद विघटन गरेको इतिहास दोहोर्‍याउँदै अहिले पुनर्स्थापनाको पक्षमा उभिँदा राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया आएको छ। जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारद्वारा गरिएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै एमालेले जनआन्दोलनमार्फत संसद पुनर्जीवनको अभियान थाल्ने जनाएको छ।

Related Post