संसद पुनर्स्थापनालाई मुख्य राजनीतिक एजेन्डा बनाउँदै ‘जनआन्दोलन’ गर्ने नेकपा एमालेको तयारी

16 October, 2025 196 Views
संसद पुनर्स्थापनालाई मुख्य राजनीतिक एजेन्डा बनाउँदै  ‘जनआन्दोलन’ गर्ने नेकपा एमालेको तयारी
196

असोज,काठमाडौं । संसद पुनर्स्थापनालाई मुख्य राजनीतिक एजेन्डा बनाउँदै नेकपा एमालेले ‘जनआन्दोलन’ गर्ने तयारी गरेको छ। बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापनाको मागसहित सडक आन्दोलनमा जाने प्रस्ताव पेस गरेका छन्। उनको राजनीतिक दस्ताबेजमा संविधान र लोकतन्त्रको रक्षा गर्न संसद पुनर्स्थापनाबाहेक अर्को विकल्प नभएको उल्लेख गरिएको छ। ओलीले आन्दोलनलाई ‘जनआन्दोलन’को रूप दिएर लोकतन्त्रका पक्षधर शक्तिहरूलाई सहभागी हुन आह्वान गरेका छन्।

यदि केन्द्रीय समितिले प्रस्ताव अनुमोदन गरेमा एमालेले औपचारिक रूपमा संसद पुनर्स्थापनाका लागि सडक संघर्ष सुरु गर्नेछ। यसबीच सर्वोच्च अदालतमा संसद पुनर्स्थापनासम्बन्धी नौवटा रिट दर्ता भइसकेका छन् भने कात्तिक १२ गते प्रारम्भिक पेसी तोकिएको छ। राजनीतिक वृतमा एमालेको यो तयारीले पुनः राजनीतिक ध्रुवीकरण बलियो बनाउने संकेत देखिएको छ।

Related Post