स्थानीयसँग छलफल गर्न बञ्चरेडाँडा पुगे मन्त्री घिसिङ

02 November, 2025 281 Views
स्थानीयसँग छलफल गर्न बञ्चरेडाँडा पुगे मन्त्री घिसिङ
281

कात्तिक, काठमाडौं ।  केही दिनदेखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जनामा देखिँदै आएको अवरोध हटाउन शहरी विकास मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगेका छन्।

विगतमा सरकारसँग भएका १८ बुँदे सहमति पूरा नभएको भन्दै स्थानीयले फोहोर बिसर्जनमा अवरोध गरेका छन्। स्थानीयले गत बुधबारदेखि बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाएका छन्।  उनले त्यहाँका स्थानीयका प्रतिनिधिसँग छलफल गर्दै समस्या समाधानको पहल गर्ने बताइएको छ।

शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो।

Related Post