‘श्रम संस्कृति पार्टी’ संगठन विस्तारका लागि झापा जाँदै मेयर हर्क साम्पाङ

12 October, 2025 248 Views
‘श्रम संस्कृति पार्टी’ संगठन विस्तारका लागि झापा जाँदै मेयर हर्क साम्पाङ
248

असोज, झापा ।  ‘श्रम संस्कृति पार्टी’ खोल्ने तयारीमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्नो संगठन विस्तारका लागि झापा आउँदैछन्।

उनी भोलि मेचीनगरमा हुने कार्यक्रममा सहभागी हुने भएका हुन्। स्वतन्त्र नागरिक समाज बिर्तामोडले भोलि बिहान ११ बजे मेचीनगर नगरपालिका-६, काँकडभिट्टास्थित सामुदायिक भवनमा कार्यक्रमको आयोजना गर्दैछ। उक्त कार्यक्रमको प्रमुख अतिथि मेयर साम्पाङ रहने छन्।

स्वतन्त्रबाट मेयरमा निर्वाचित साम्पाङलाई सहयोग गर्ने उद्देश्यले केही महिनाअघि बिर्तामोडमा हिमालयप्रकाश कन्दङवाको अध्यक्षतामा यो संस्था स्थापना भएको थियो।

साम्पाङले राजनीतिक दल खोलेको सन्दर्भमा सम्पूर्ण संस्था पार्टीमा समाहित हुने विषयमा जिज्ञासा राख्दा समाजकी कोषाध्यक्ष ससिता राईले इच्छा हुनेहरू पार्टीमा जाने र इच्छा नहुनेहरू संस्थामा नै रहने बताइन्। निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि उनी संगठन विस्तारमा जुटेका हुन्।

Related Post