टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई मन्त्री घिसिङको निर्देशन

09 October, 2025 208 Views
टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई मन्त्री घिसिङको निर्देशन
208

असोज, काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । बिहीबार टीयू क्रिकेट मैदानको स्थगलत निरीक्षण गर्दै मन्त्री घिसिङले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को मिति नजिकिदै गएकाले छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गर्न निर्देशन दिएका हुन् ।

टियु क्रिकेट मैदानको प्याराफिट निर्माणको कार्य करिव सकिएको र फ्लडलाइट निर्माणको काम एक महिनाभित्र सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको मन्त्री घिसिङले बताए। उनले मंसिरमा आयोजना हुने एनपिएल अगाडी पहिलो चरणको काम सम्पन्न हुने जानकारी दिए । टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको रहेकाले अव दोश्रो र तेश्रो चरणको काम सुरु गर्न टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भएको उनले बताए । मन्त्री घिसिङले टियु क्रिकेट मैदानको स्तरोन्नतीको काममा बजेटका अभाव हुन नदिने उल्लेख गरे ।


कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । सम्झौता अनुसार तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरेर निर्माण कम्पनीले काम गरिरहेको छ ।

Related Post